दफा १०
प्राज्ञिक परिषद्को गठन
(१) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कार्यलाई व्यवस्थित गर्ने निकायको रूपमा काम गर्न एक प्राज्ञिक परिषद् रहनेछ ।
(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछः–
(क) उप–कुलपति – अध्यक्ष
(ख) रजिष्ट्रार – सदस्य
(ग) डीन – सदस्य
(घ) विभिन्न संकायका विभागीय प्रमुखहरूमध्येबाट तीनजना – सदस्य
(ङ) कृषि तथा वन विज्ञान क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना – सदस्य
(च) परीक्षा नियन्त्रक – सदस्य
(छ) निर्देशक – सदस्य
(ज) डीनहरूमध्येबाट उप–कुलपतिले तोकेको डीन – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिमका पदेन सदस्य बाहेक अन्य सदस्यको मनोनयन उप–कुलपतिबाट हुनेछ ।
(४) उपदफा (२) बमोजिमका मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(५) कुनै कारणले प्राज्ञिक परिषद्का मनोनीत सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा (३) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(६) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्मको लागि बैठक सम्बन्धी कार्यविधि प्राज्ञिक परिषद् आफैले निर्धारण गर्न सक्नेछ ।